शुभ नारायण यादव,
राजविराज, २५ माघ ।
प्रधानमन्त्री ओलीको असम्बैधानिक कदमको विरोधमा अखिल नेपाल महिला संघ (प्रचण्ड–माधव) समूहले आईतवार १२ वजे तिर प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ ।
महिला संघका प्रदेश अध्यक्ष एवं माननिय रुबी कुमारी कर्णको नेतृत्वमा रहेको महिला संघको पदाधिकारी ले ज्ञापन बुझाएका थिए । सो अवसरमा माननिय प्रदेश सभा सदस्य प्रमिला यादव ,सुनिता साह लगायतकाहरुको समेत सहभागिता रहेको थियो ।