शुभ नारायण यादव सप्तरी ,२४ माघ ।
सप्तरीबाट १५ हजार घुस रकम सहित एक लेखापढी व्यवसायी अख्तियार दुरुपयोग अनुसन्धान अायाेगको फन्दामा परेका छन् ।सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखापढी व्यवसायी अरुणकुमार यादवलाई पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।जग्गाको नक्सा मिलाई दिने नामम सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा लेखापढी व्यवसायी यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।यता पक्राउ परेका यादवमाथि आयोगले अावश्यक थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।