शुभ नारायण यादव,
राजविराज, १९ माघ ।
पछिल्लो पटक सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बढेको अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको अवस्थामा गरिब, विपन्न, अपाङ्ग, दलित तथा असहायहरुलाई एक संस्थाले न्यानो पनि कम्बल (ब्लाङ्गकेट) वितरण गरेको छ ।
अत्याधिक चिसोका कारण खासगरी यहाँका गरिब, अपाङ्ग बयोबृद्धहरुलाई न्यानोको अभावलाई पूरा गर्दै समाजसेवी ई. सूर्य नारायण यादवले सहारा बनेका छन् । सप्तरीको १८ वटै स्थानीय तहका गरिब, निःसहाय लगायत बाढी पिडित, अग्निपिडितहरुलाई राहत स्वरुप आवश्यक सामग्रीहरु बेला–बेलामा यादवले आफ्नो बाबुआमाको सम्झनामा रजिष्ट्रड संस्था द्वारा निःस्वार्थ भावले वितरण गर्दै आएको छ ।
यसै क्रममा बौद्धिक अपांगहरुलाई चिसोबाट जोगिन धर्मी हल्फा महिला विकास क्लवद्वारा बल्यांकेट वितरण गरेको छ । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा न. ५ स्थित बौद्धिक अपांग स्रोत केन्द्रका बौद्धिक अपांगहरुलाई समेत राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन ।
उक्त कार्यक्रममा बोदेबरसाइन नगरपालिका वडा न. ५ को वडा अध्यक्ष मोहम्मद मजेबुर रहमान,शिक्षा विकास तथा समन्वय कार्यालय सप्तरीको अधिकृत भवानी कँडेल , बोदेबरसाईन न पा को शिक्षा संयोजक राम सागर यादव,सप्तरीको अपांग सम्बन्धि लेखाजोखा संयोजक बीरेन्द्र चौधरी ,सगरमाथा अपांग कल्याण संघ सप्तरीको कोषाध्यक्ष राम चन्द्र यादव,स्थानीय जियालाल रा प्रा वि को प्र अ,शिक्षक बैद्यनाथ यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको क्लबका अध्यक्ष एव समाजसेवी इ. सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बपरपुरका डोम समुदायलाई समेत चिसोबाट जोगिन ब्लयाङकेट वितरण गरेको स्थानीय समाजसेवी शान्ता सिहले जानकारी दिनुभयो ।