शुभ नारायण यादव ।
राजविराज ३० असोज ।
जिल्ला सुरक्षा सप्तरीले जिल्लाका सम्पुर्ण शक्तिपिठ,मंठमन्दिर क्षेत्रमा अगामी मङ्सिर महिनाको ८ गते सम्म अर्को सुचना जारी नहुन्जेलसम्मको लागि निशेधाज्ञा जारी गरेको छ। चाडपर्वको बेला हुने भिडभाडले कोरोना संक्रमण थप फैलिनसक्ने भन्दै सप्तरी स्थित शक्तिपीठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला सुरक्षा समितीको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरि निर्णय गरिएको जनाएको छ । जारी बिज्ञप्तीमा जिल्ला सुरक्षा समितीबाट अन्यथा निर्णय नभएमा हाललाई उक्त निशेधज्ञाको अवधी मिति २०७७।०६।३० गते राति ११ः३० बजे बाट २०७७।०८।०७ गते राति ११ः३० बजे सम्म कायम राखिएको छ।
साथै बिज्ञप्ती अनुसार निशेधाज्ञाको अवधीमा उल्लेखित स्थानहरुमा मन्दिरका तर्फबाट गरिने नित्य पुजा पाठ बाहेकका अन्य सम्पुर्ण कार्य गतिविधि हुन गर्न निशेध गरिएको व्यहोरा उल्लेख छ।
कोभिड–१९ संक्रमणलाई दृष्टिगत गरि भिडभाड नगरी, सुरक्षित साथ आ–आफ्नै घरमा आफ्नो परम्परा अनुसार अगामी चाडपर्वहरु मनाउन सम्पुर्ण जिल्लावासीलाई प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।