शुभ नारायण यादव,
राजविराज, १७ माघ ।
सप्तरीमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुने सप्तरीको राजविराज नगरपालिका वडा न. ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गए राती आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यता घटनाको बारेमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।