मधेश न्यूज सम्वाददता,
राजविराज, १७ माघ ।
राजविराज नगरपालिका वडा न. ९ निवासी एक महिला आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
आज बिहान ७ बजेतिर मलेठको कोलहट निवासी २७ वर्षिया निलमदेवी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको हो । उहाँको शव उनी सुत्ने कोठामा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव आवश्यक प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जि.प्र.का. सप्तरीका प्र.ना.उ भुवनेश्वर साहले बताउनु भयो ।
बिहान आँगन मै रहेको चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी चुकुल लगाएर आत्महत्या गरेको स्थानियहरुको भनाई छ । चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी धेरै बेरसम्म बाहिर नआएपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको खबर पाई पुगेको प्रहरी टोलीले भित्रबाट चुकुल लगाइएको थाहा पाएपछि ढोका फुटाउँदा निलम सिलिङ पंखामा कपडा बाँधेर पासो लगाएको अवस्थामा भेटिएका थिए ।
बैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेका उहाँका पति रामचन्द्र केही दिनअघि मात्र घर फर्केका थिए । स्थानियवासीका अनुसार अघिल्लो राती काम विशेषले बाहिर गएका उनी शनिबार घर पुग्दा पत्नि कोठाभित्र झुन्डिएको थाहा पाएका थिए ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.२ रायपुर माइती भएकी निलमको चारवर्ष अघिमात्र रामचन्द्रसँग विवाह भएको थियो । दुई सन्तानकी आमा निलमले कुनै चिन्ताका कारण अचानक आत्महत्याको बाटो रोजेको हुनसक्ने स्थानियले अनुमान व्यक्त गरेका छन् ।
यता माइतीपक्षले भने घटना रहस्यमय भएको भन्दै सोको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।