शुभ नारायण यादव
राजविराज, १४ माघ ।
सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा लागु औषध ओसार–पसारको घटनामा बृद्धि भएको छ ।
विभिन्न नाकाबाट अवैध रुपमा लागु औषध आयात गरि भित्रयाउने क्रममा लागु औषध सहित २ जना यूवक पक्राउ परेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित बनैनियाबाट पक्राउ परेकाहरु मध्ये सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् ।
स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट ९० थान बरामद भएको छ ।
यता पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो । पछिल्लो पटक सप्तरीको विभिन्न सिमावर्ती नाकाबाट दिनहु जसो लागू ओषध ओसार पोसार गर्नेहरु पक्राउ पर्दै आइरहेको तथा अधिकाश युवकहरुको संलग्नता रहेको प्रवक्ता प्र.ना.उ भुवनेश्र साहको भनाइ रहेको छ ।