शुभ नारायण यादव,
राजविराज, १४ माघ ।
भारतको ७२ औं गणतन्त्र दिवसको अवसर पारेर सप्तरीका गरिब, विपन्न समुदायका ब्यक्तिहरुलाई चिसोबाट जोगिन एक संस्थाले ब्लयाङकेट वितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टी द्वारा जाडोबाट जोगिंन सप्तरीको महदेवा गाउँपालिका वडा न. १ पकरी गाउका विपन्न तथा दलित (डोम मुसहर,) वर्गका बृद्धबृद्धा एकल महिला र अपांगहरूलाई १र१ थान ब्लयाङकेट वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिनुभयो । यसअघि पनि क्लवले पछिल्लो पटक सप्तरीका अग्नि पिडित ,बाढि पिडित ,चिसो पिडितका साथै गरिब, बिपन्न समुदायका ब्यक्तिहरुलाइ नियमित रुपमा राहत स्वरुप कम्बल ,ब्लयाङकेटका साथै अन्य सामग्रीहरु समेत निःस्वार्थ भावले वितरण गर्दै आएको छ ।