शुभ नारायण यादव,
राजविराज, १३ माघ ।
सत्तारुढ नेकपा केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्न राजविराज प्रवेश गर्न लागेका मन्त्रीहरुलाई अनेरास्ववियु सप्तरीले कडा सुरक्षाका बीच कालो झण्डा देखाईएको छ।
मंगलबार जनजागरण सभाको लागि राजविराज प्रवेश गर्दै गर्दा मन्त्रीहरुलाई अनेरा स्ववियु सप्तरीका विद्यार्थी नेताहरुले अध्यारी पेट्रोल पम्प अगाडी कालो झण्डा देखाईएको हो।
राजविराज स्थित राजरंगशालामा आयोजना गरिएको कार्यक्रम स्थलमा भारी संख्यामा सतारुढ नेकपा पक्षका नेता तथा कार्यकर्ताहरु सहभागी रहेपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली यथेष्ट संख्यामा परिचालन गरिएको थियो। कार्यक्रममा कुनै अप्रिय घटना नहोस् यसका लागि सप्तरी प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा राजविराज नगरपालिकाको विभिन्न चौक तथा मुख्य बाटोहरुमा प्रहरी परिचालन गरेको छ ।
सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोल, पुर्व मन्त्री रघुबिर महासेठ, प्रदेश इन्चार्ज सत्यनारायण मंडल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश सचीव सुमन प्याकुरेल गायतले सम्बोधन गर्न राजविराज आइपुगेका छन्।
सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहका अनुसार सभालाई लक्षित गरी एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।