लिलाकांत यादव सप्तरी ,११ माघ ।
लगातार रुपमा पछिल्लोपटक धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वाराआगलागीबाट आहतलाई राहत वितरण गर्दै आइरहेकाे छ । यसै क्रममा घरमा आगलागी हुदा सर्वस्य गुमाई बिच्चलीमा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ सकरदही गाउका ४ अग्निपीडित परिवारहरू नारायण शर्मा सुतिहार,जगन शर्मा ,सीता देवी शर्मा सुतिहार र एकल महिला सुशि्ला देवी मगरैता लाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेकाे हाे । अग्निपिडित परिवारलाई सस्थाले जनही प्रत्येक परिवारलाई राहातस्वरुप त्रिपाल,झुल,तन्ना,लुगाफाटाहरू, भाँडाकुँडाहरू लगायतका राहत सामाग्रीहरू वितरण गरेकाे संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिनुभयाे । गत माघ २ गते आगलागी हुदा अनुमानित १७ लाख भन्दा बढीको धनजनको क्षति भएको थियो ।
यसैबिच साे राहत वितरणमा हनुमाननगर कंकालिनी नगरपालिका वडा न.-२ का वडा अध्यक्ष सन्तोष कुमार यादव र वडा सचिव चनदर.मंडल,त्यसै नगरपालिकाको वडा नं.-३ को वडा अध्यक्ष विजय लोहटिया,इलाका प्रहरी कार्यालय हनुमाननगरको प्रमुख प्रहरी नायब निरीक्षक संजय न्योपानै,मुस्कान एफ्एम् सिराहाकों समाचार प्रमुख विनोद ठाकुर,सहैन्द्र मगरैता लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।