मधेश न्यूज सम्वाददाता,
राजविराज, ११ माघ ।
प्रदेश न.२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक कार्यक्रम बिच नेपाल अन्तर्गत तराई–मधेशका मधेशीहरुको आफ्नै भूमिमा दोश्रो नागरिकको दर्जामा जीवन ब्ययतित गर्दै आएको मधेशी समुदायको पहिचान, अधिकारका लडाईमा जीवन न्यौछावर गरिएका गजेन्द्र बाबु समस्त मधेशीहरुको ह्दयमा बसेको बताउँदै मधेशी अधिकार प्राप्तिका क्षेत्रमा प्रथम मार्गदर्शक एवं सफल प्रनेता भएको बताउदै वहाँले काग्रेसबाट राजनीति जीवन प्रारम्भ गरिएको गजेन्द्र बाबुले पछि मधेशीहरुको राजनीतिक उत्पिडनलाई अनुभूत गर्दै तराई काँग्रेसबाट नै मधेशीहरुको हक अधिकार प्राप्तिका लडाई लडदै मधेशबाट गैर मधेशीको औपनिबेशिकलाई अन्त्यै गर्न प्रयासरतको सँगै सदभावना परिषदबाट सदभावना पार्टीबाट लडाई लडेको गाथा मधेशमा अमर रहने बताउनु भयो । नेपालमा जवसम्म मधेशी रहिरहन्छ तवसम्म गजेन्द्रनारायण सिंह अमर रहिरहने बताउनुभयो । संघियताका प्रनेता एवं मधेश मसिहा स्व. गजेन्द्रनारायण सिंहको १९औं पुन्यतिथिको अवसरमा गजेन्द्रनारायण सिंह अध्यनकेन्द्र धनुषाद्वारा आयोजित अधिकार पहिचानको संघर्ष र गजेन्द्रनारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रममा वोल्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो । उहाले गजेन्द्रनारायण सिंहकै कारण देशमा सघियता आएकोले यसको रक्षार्थ सवै मिलि लाग्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुरिता साह र परमेश्वर साहले देश अहिले गजेन्द्र पथमा गएकोले राष्ट्रले उनको सम्मान गरिरहनु पर्नेमा जोड दिनुभयो ।
अध्यनकेन्द्र धनुषाको संयोजक संजय सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य विभा ठाकुर, रामप्रसाद गिरी, संजय चौधरी , ममता चौधरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।