शुभ नारायण यादव सप्तरी ,१० माघ । मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहकाे जन्म जयन्तीको अवसरमा सप्तरीका अग्निपिडित परिवारलाई एक सस्थाले राहत वितरण गरेकाे छ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेकाे हाे । सप्तरीकाे राजविराज नगरपालिका वडा न.१२ सिनियौन गाउको अग्निपीडित परिवार बिनोद कुमार रजक साफीलाई राहातस्वरुप साे सस्थाले विभिन्न सामग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे । सस्थाले राहत स्वरुप साे अग्नि पिडित परिवारलाई त्रिपाल,झुल,लुगाफाटा ,भाडाकुडा र बल्यांकेट लगायतका राहत सामाग्रीहरू वितरण गरेका छन । गत माघ ३ गते राती आगलागी हुदा एक थान चौपाया गम्भिर घाइते भएको र ४ लाखभन्दा बढीको धनजनको क्षति भएको थियो । साे राहत वितरणमा स्थानीय समाजसेवि सोनाई रजक,प्रमोद रजक,बद्री यादव लगायत स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. यादवले जानकारि दिनुभयो । स्मरण रहाेस यसअघि पनि क्लवका अध्यक्ष एव समाजसेवि इ. यादवले चिसाे पिडित ,अग्नि पिडित ,बाढि पिडित लगायत जिल्ला भरिका गरिब ,विपन्न तथा निमुखा जनताहरुलाइ निस्वार्थ भावनाले राहत वितरण गर्दै अाउनु भएको छ ।