शुभ नारायण यादव सप्तरी , २९ असोज ।
कोरोना भाइरस कोभिड १९ का कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा आज थप एक महिलाको मृत्यु भएको छ ।
जिल्लाकाे कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेवपट्टि की ४२ वर्षीया बसिरा खातुनको कोरोना भाइरसका कारण मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले जनाएको छ ।
उनी बिरामी भई १५ दिनदेखि बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचार गराइरहेकी थिइन् र उपचारकै क्रममा बिराटनरसिंह होममा सिटिस्क्यान गराउदा क्यान्सर, आन्द्रामा खराबी, फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
२६ गते धरानमा कोरोना भाइरसको पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि बिरामीको अवस्था गम्भीर रहेकाले उनलाई अस्पतालले घर लैजान भनेपछि २७ गते घर ल्याई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइसोलेसनमा राखिएकोमा आज बिहान आफ्नै घरमा खातुनको मृत्यु भएको स्वास्थ्य शाखा सप्तरीले जनाएको छ । याेसंगै सप्तरीमा हालसम्ममा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे सङ्ख्या २३ पुगेकाे जिल्ला स्वास्थ्य कायाृलय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयाे ।