शुभ नारायण यादव,
राजविराज ०६ माघ ।
सप्तरी सहित तराईका प्रायः जिल्लाहरुमा बालविवाहको घटनामा कमि आउनुको सट्टा झन बृद्धि भएको छ । पछिल्लो पटक बालविवाहको फाटफूट घटनाहरु सार्वजानिक हुदा हुदै रम्पुरा मल्हनीयामा एक बालविवाहको घटनामा संलग्न बेहुला–बेहुली सहित ४ जना पक्राउ परेका छन् ।
सो घटनामा सप्तरीकी १५ वर्षीया बालिकासँग विवाह गर्ने ४३ वर्षीय बेहुला सहित बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको ४ जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१४ रम्मपुराबाट प्रहरीले बेलुका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा हनुमाननगर कङकालिनी नगरपालिकाका १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी राम्मपुरा मल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।