शुभ नारायण यादव,
राजविराज ०६ माघ ।
तराईमा केही दिनदेखि चिसो बढनले विपन्न समुदायमा एक संस्था द्वारा कम्बल वितरण गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.६ कोचाबखारिका दलित तथा विपन्न परिवारलाइ धर्मि हल्फा महिला विकास क्लवले चिसोबाट जोगिन २५ परिवारलाई ब्लयाङकेट ( कम्वल) वितरण गरेका हुन । चिसोबाट जोगिनका लागि त्यहाका गरिब तथा विपन्न समुदायका महिला तथा बृद्ध्् बृद्धाहरुलाइ सो कम्बल वितरण गरेको क्लवका अध्यक्ष इ. यादवले जानकारी दिनुभयो । यसै बिच यस्तो चिसोको मोसममा उनिहरुले कम्वल पाएपछि खुशि ब्यक्त गरेका छन । यसै बिच सोहि कार्यक्रमका बिच युवा पत्रकार शुभ नारायण यादव तथा आसमान नेपालकी शान्ता सिंहलाइ क्लवका अध्यक्ष एव समाजसेवी इ. यादवले सम्मान समेत गरेका छन ।