शुभ नारायण यादव सप्तरी , ६ माघ । विराटनगरबाट सप्तरीको राजविराज आउँदै गरेको माइक्रो आज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने साे दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरीको दुहवी नगरपालिका–१० सिमरियास्थित प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको को३४प ४६९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँँदा दुर्घटना भएको हो । ठक्कर पश्चात माइक्रो सडक किनारमा पल्टेको स्थानियबासिहरुले बताएका छन । यता दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको स्थायी ट्राफिक कार्यालयका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारि दिनुभयाे ।उहाका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा न.–१ का २२ वर्षीय शंकर कुमार यादव, सुनसरीको ईनरुवा नगरपालिका वडा न.–३ का ४४ वर्षीय बिर्ख मण्डलको मृत्यु भएको छ भने अन्य एक जना मृतक पहिचान खुल्न सकेको छैन् । साे दुर्घटनामा सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.६ मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज नगरपालिका वडा न.७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल र विराटनगरका उपमहानगरपालिकाका ५२ वर्षीय जय नारायण यादव घाइते भएका छन् । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका वडा न.–८ का ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त कुमार यादव, प्रकाशपुरका २३ वर्षीय भरत कुमार यादव घाइते भएका छन् । यता दुर्घटनामा घाइतेहरुलाई थप उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको तथा घटनाको सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।