शुभ नारायण यादव सप्तरी ,३ माघ । विगत केही दिन यता सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेले जनजिवन कष्टकर बन्दै गएको छ । यसै क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकाले नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा सस्थागत विघालयहरु चिसाेलाइ मध्यनजर गरि आइतबारदेखि तीन दिन सम्मकाे लागि बन्द गर्ने निर्णय गरेकाे हाे । नगरपालिकाका मेयर शेलेश कुमार साहकाे निर्देशनमा शिक्षा समितिकाे निर्णयबाट आइतबार ,साेमबार र मङगलबार तीन दिन सम्म अत्यधिक चिसाे को कारणले नगरपालिका भित्र रहेका सम्पूर्ण विघालयहरु बन्द गर्ने निर्णय गरेकाे शिक्षा समितिका दिनेश यादवले जानकारि दिनुभयाे । हनुमाननगर कङकालिनि नगरपालिका भित्र ३० वटा सामुदायिक तथा १५ वटा सस्थागत विघालयहरु रहेका छन ।