शुभ नारायण यादव सप्तरी, २५ असाेज । पछिल्लोपटक सप्तरीको विभिन्न सिमाबर्ति नाकाबाट अबैध लागुऔषध ओसार पाेसार गर्ने केन्द्र बिन्दुकाे रुपमा परिणत भइरहेको छ । यसे क्रममा सप्तरीको छिन्नमस्ता स्थित दस गाजाबाट सशस्त्र प्रहरीले अबैध लागुऔषध सहित चार जना युवकलाई पक्राउ गरेकाे छ । भारतबाट नेपालतर्फ अवैध रुपमा चाेरि छुपि ल्याउदे गरेकाे अवस्थामा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय सखडाकाे सन्युक्त टाेलिले अवैध लागुऔषध गाजा सहित युवकलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. ३ महुवाका २७ बर्षिय सुभाष यादव ,साेहि ठाउका २२ बर्षिय सनाेज कुमार यादव ,१९ बर्षिय राजेश कुमार साह र राजविराज नगरपालिका वडा न.२ का २० बर्षिय राम कुमार यादव रहेका छन । उनिहरुकाे साथबाट १० ग्राम गाजा सहित नाइटाेजन टयावलेट १५ थान ,५ थान काेरेक्स र क्याप्सुल सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कायाृलय सप्तरीले जनाएको छ । यता पक्राउ परेकाहरुमाथि आवस्यक अनुसन्धान कार्य भइरहेको सप्तरि प्रहरीले जनाएको छ । विगत केही समय यता सप्तरीको विभिन्न सिमाबर्ति नाकाहरु अबैध लागू औषध तस्करीको केन्द्र बिन्दु बन्दै गरेको स्थानिय बुद्धिजीवीहरुकाे भनाइ रहेकाे छ ।