अशोक झा…
राजविराज, १० भदौं । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले बुधबार शिक्षा शाखा संयोजक सूर्यनारायण यादवको चौथो पुण्यतिथिमा श्रद्धाञ्जली दिएका छन् ।
सो गाउँपालिकाको खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेका शिक्षा शाखा संयोजक यादवको गत आइतबार हृदयघातका कारण ५५ वर्षको उमेरमा निधन भएको थियो । जिल्लाको रुपनी गाउँपालिका वडा नं. ४ छपकी निवासी यादव नेपाली कांग्रेसका भातृसंगठन नेपाल शिक्षक संघका आजिवन सदस्य समेत थिए ।
गाउँपालिका अध्यक्ष लिलाम्बर यादवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजीतजंग अधिकारी अधिकृत शुभाषकुमार मण्डल, वडा अध्यक्षहरु, सदस्यहरुसहित कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिकाले श्रद्धाञ्जली दिदै उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।
आजै राष्ट्रिय सभा सदस्य मृग्रेन्द्र कुमार सिंह यादव लगायत ज स पा का नेता तथा कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । यादवले शोक संतप्त परिवारसंग भेटघाट गरि उनका छोरा -छोरी को आगामी शिक्षा दिक्षा सम्बन्धि जिज्ञासा राख्नु भयो ।