शुभ नारायण यादव,
राजविराज १३ पौष ।
सप्तरीका असहायहरुले जाडोबाट बच्नका लागि प्रदेश २ का एक मन्त्रीले सोमवार नीजि लगानीमा जनही एक एक थान कम्बल बितरण गरेका छन् ।
सप्तरीको महदेवा गाउँपालिकाका ६० जना बृद्धबृद्धा, अपाङ्ग, असक्तहरुलाई प्रदेश न. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राहत स्वरुप सो कम्बल बितरण गरेका हुन् । राजविराजमा स्थापना गरेको सम्पर्क कार्यालयमा उनीहरुलाई डाकेर मन्त्री साहले सो कम्बल बितरण गरेका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले कम्बल बितरण गर्दा पार्टीका जिल्ला अध्यक्ष केदार यादव, दिनेश यादव, संचारकर्मी श्यामसुन्दर यादव, मनोजकुमार माझी, शुभ नारायण यादव ,चन्दन यादव समेतको सहभागीता रहेको थियो ।
पुसको ठन्डीमा न्यानो कम्बल पाउँदा खुशी भएर बृद्धबृद्धाहरु मन्त्री साहलाई आर्शिवाद दिँदै बिदा भएका थिए । पार्टीको महदेवा गाउँपालिका कमिटीले चिसोका कारण सास्ती भोग्नु परेकाहरुको विवरण उपलब्ध गराएपछि उनीहरुका लागि सानो सहयोग भएपनि दिन पाएकोमा मन्त्री साहले आफु निकै सन्तुष्ट भएको बताउनु भयो ।