लिलाकांत यादव ,सप्तरी मंसिर १३ गते ।
पेट्रोल पम्म धनी भगतलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखिएको छ । भगतलाई सवारी ज्यान मुद्दामा नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले बताउनु भयो । सवारी ज्यानमुद्दा चलाएको उहाँलाई अदालतबाट सात दिनको म्याद थप गरिएको डिएसपी सिहंले जानकारी दिनु भयो ।
भगतको सवारी चालक अनुमतिपत्र समेत नभएकोले कानुन बमोजिमको कारबाही हुने प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ११ मा कार्तिक २८ गते भगत चढेको अनटेष्ट मोटरसाईकलबाट टक्कर दिएको थियो ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा संचालित भगत पेट्रोल पम्प खोलेर बसेका रंजित भगतलाई सवारी ज्यान मुद्दामा पक्राउ गरीर्
प्रहरीले नियन्त्रणमा लिएको हो । दुईसाता अगाडि भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उहाँलाई बिरेन्द्र बजारस्थिति घरैबाट नियन्त्रणमा लिएको जनाएको छ ।