सप्तरी मंसिर १३ गते ।
स्व. महाविर लाल देवको श्रद्धाञ्जली सभा मनाएको छ । सप्तरीको राजविराज वडा नं. ७ खर्साल बस्ने स्व देव आफ्नो सम्पूर्ण जिवन समाजसेवामा समर्पण गरिएकोले सो श्रद्धाञ्जली सभा मनाइएको छ ।
नेपाल कर्मचारी सहकारी संस्थाका लिमिटेडका अध्यक्ष योगेन्द्र प्रसाद देवले आयोजना गरिएको सो श्रद्धाञ्जली कार्यक्रम विच असहाय विद्यार्थीका लागि अक्षय कोषको स्थापना गरेको छ । सम्पन्न सो अवसरमा योगेन्द्र देवले बुवा महाबिरलालको नाममा ५ लाख बरावरको अक्षय कोषको स्थापना समेत गरेका छन् । उक्त अक्षय कोषबाट खर्सालका गरिव, बिपन्न परिवारका कक्षा ११ र १२ पढ्ने बिद्यार्थीहरूको सहयोग गर्ने तथा आर्थिक अवस्था कमजोर रहेका परिवारलाई सो अक्षय कोषबाट सहयोग गरिने उहाँले बताउनु भयो ।
सो कार्यक्रममा स्थानिय खुशीलाल यादवले समाजसेवी स्व. महाबिरलाल देवले खर्सालको बिद्यालय स्थापना देखि लिएर खर्साल टोल स्थापना गरी समुदायको बिकास र समाजको स्थापना अग्रनीय योगदान रहेको चर्चा गर्नु भयो ।
सोही कार्यक्रममा बोदेबरसाईनका समाजसेवी स्व. बिन्देश्वरी प्रसाद यादब, शत्रुघन प्रसाद यादब लगायतले स्व. महाबिरलाल देवको घर मै आएर जिल्लाको बिकास र समाजकको स्थापना तथा बिकासको सहकार्य गर्ने गरेको नेकपा नेता प्रताप देवले चर्चा गर्नु भयो ।
सो श्रद्वाञ्जली सभामा ई. ईन्द्र नारायण देव, भवानी सेवा समिति अध्यक्ष प्रताप नारायण चौधरी, बागेश्वरी सेवा समिति अध्यक्ष ध्रुव कुमार देव, राधाकान्त देव, दुर्गा प्रसाद यादब, ईन्द्र तेज नारायण देव लगायतले स्व. देवले पु-याएको योगदान बारे चर्चा गरेका थिए ।