शुभ नारायण यादव सप्तरी ,२४ फाल्गुन । सप्तरीकाे छिन्नमस्ता गाउपालिका वडा न.१ बरहिमा झण्डै २५ लाखकाे लागतमा पाेखरि घाटकाे शिलान्यास गरिएको छ । अाज एक समाराेहका बिचमा प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा साे पाेखरि घाटकाे शिलान्यास गरिएको हाे । संसदीय निर्वाचन क्षेत्र नं.-२ (क)को प्रदेश सभा सदस्य एव भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत थान पोखरीको घाट शिलान्यास गरेकाे छ । साे शिलान्यास कार्यक्रममा वडाअध्यक्ष बिनाेद कुमार यादव ,जसपाका स्थानीय युवा नेता महेश कुमार यादव ,समाजसेविहरु लक्ष्मि यादव ,ननु राय लगायतकाहरुकाे उपस्थितिमा साे पाेखरि घाटकाे शिलान्यास गरेका छन । उक्त पाेखरि घाटमा (रू.२५,०००००/- ( पच्चीस लाख ) रकम विनयोजित गरेकाे युवा नेता महेश यादवले जानकारी दिनुभयाे ।