शुभ नारायण यादव सप्तरी ,२३ फाल्गुन ।
प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको मलेठ घटनाको प्रतिवेदन सावर्जनिक भएपछि साे घटनाका जस्तोसुकै दाेषिलाइ कडा कार्वाही हुने विश्वास ब्यक्त गर्नुभएको छ । सप्तरीको मलेठ घटनाका वीर शहिदहरुकाे चाेथाेै पुण्यतिथिमा आयाेजित श्रदान्जलि सभालाई प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदे मन्त्री साहले साे कुरा बताउनुभएको हाे । उहाँले मुलुकमा राजनीतिक दलकै आन्तरिक विवादका कारणले देश अनिर्णयको बन्दी तर्फ गइरहेको आराेप समेत लगाउनुभयाे । मन्त्री साहले आफ्नाे सन्सदिय विकास काेषबाट सप्तरीको ११ वटेै सहिदहरुकाे नाउमा प्रदेश सभाकाे तर्फबाट भवन निर्माण गर्न लागेकाे बताउनुभयो । उहाले पार्टीको समायाेजन पछि जसपा देशकाे ठुलाे पार्टी बन्न सकिने विश्वास ब्यक्त गर्दै मन्त्री साहले सप्तरीको मलेठ घटना पछि आधा अधिकार प्राप्त मात्रै भयाे ,आधा बाकि रहेकाले त्यसकाे लागि मधेशि जनताले थप अधिकारकाे लागि आन्दोलनकाे खांचाे रहेकाे स्पष्ट पार्नुभयाे ।एक अर्को प्रसङ्गमा मन्त्री साहले राज्यको हरेक निकायमा मधेशिकाे समान अधिकार पाए मात्रै शहिदकाे सपना साकार हुने विश्वास समेत ब्यक्त गर्नुभयाे । उहाले विगत ४ वर्ष पहिले मलेठकाे घटना भएको तथा मलेठ घटनापछि नेपाली राजनितिमा काेष परिवर्तन भएको बताउदै मन्त्री साहले प्राप्त उपलब्धिलाई पूरा गर्नका लागि मधेश आन्दोलनकाे अहम भुमिका निर्वाह गरेकाे बताउनुभयाे । उहाले शहिदहरुकाे सम्मानका साथेै एक सहिद परिवार एक राेजगारका साथै सहिद परिवारकाे याेग्यता र क्षमता अनुसार स्थायि राेजगारि दिने प्रदेश सरकारकाे लक्ष्य रहेकाे बताउदै उहाले यसकाे लागि विधेयक छिटेै ल्याउन प्रदेश सरकार लागिपरेको बताए । जसपाका स्थानीय युवा नेता रामचन्द्र यादवकाे अध्यक्ष्तामा आयाेजित साे सभामा जसपाका केन्द्रीय सदस्यहरु नरेन्द्र यादव , दिनेश कुमार यादव , अशाेक कुमार यादव ,अमरनाथ मण्डल ,.दिपेन्द्र चाेधरि ,महिला नेतृ पुनम यादव ,विघार्थि नेता किशाेर कुमार यादव केसि ,शम्भु यादव ,केदार यादव,हरेराम यादव, राम नारायण यादव रामु .प्रदेश सदस्य भिम तामाङ ,तिलाठि काेइलाडि गाउपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतका बक्ताहरुले वीर शहिदले शहादत पाए पनि मधेशि जनताकाे अधिकार सुनिश्चित नभए सम्म शहिदकाे सपना साकार नहुनेमा जाेड दिनुभयाे । यसेैबिच साेहि कार्यक्रममा मलेठका सहिद परिवारका साथेै एक दर्जन पत्रकारहरुलाइ समेत सम्मान गरेका छन ।