अशोक झा…
राजविराज, ११ भदौं । सप्तरी सदरमुकाम राजविराजमा बुधवार मात्रै १२ जना कोरोना संक्रमित फेला परेका छन् ।
राजविराज नगरपालिका वडा नं. ४ का ४ जना, वडा नं. ६ का ५ र वडा नं. ७ का २ र वडा नं. १ का १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरुलाई आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको निमित्त प्रमुख यादवले जानकारी दिए ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभरिमा १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ सय ३४ महिला र ७ सय ७७ पुगेर गरेर २४ घण्टामा १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५ सय ६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ।
नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४ सय ८८ जना रहेका छन् ।