श्यामसुन्दर यादव,
राजविराज २३ फाल्गुन ।
राजविराज नपा १३ स्थित भेलही विसहरिया बस्ने सितारामको स्वास्नी प्रमिला देवी रामले जिल्ला प्रहरी कार्यालय राजविराजमा आईतवार उजुरी दिएका छन् । प्रमिला देवी रामले ४ वर्ष देखि आईएमई बैकमा पैसा जम्मा गर्दै आएकोमा ७१५०८३।– रुपैया वहाँका पति सिताराम रामले मलेसियाबाट पटक–पटक पैसा पठाउँदा सुनिल सिन्धी र वहाँका दाजु संजय सिन्धी(जैन) दुवै दाजुभाई मिली प्रमिलादेवी रामको सम्पूर्ण रकम लिएर फरार भएका हुन । प्रमिला देवी रामका २ छोरा र १ छोरी मात्र छन् । रकम लिएर फरार भएपछि वहाँका छोराछोरीलाई पढाउन लेखाउन तथा गुजारा चलाउन कठिनाई भएको छ । पिडितको नाउँ १ धुर पनि जग्गा छैन । उनी सरकारको ऐलानी जग्गामा घर बनाएर बसेका छन । जिल्ला प्रहरी कार्यालय उजुरी गरी फरार ब्यक्तिलाई खोज तलास गरी पैसा असुल गरिदिनु हुन माँग गरेका छन् ।