अशोक झा
राजविराज, ३२ श्रावण । सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर घाइते भएका छन् ।
राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् ।
शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ ।
एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा अहिले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको र अवस्था गम्भिर रहेको बताइएको छ ।