आर .एन . मेहता ३० साउन ,राजविराज कोरोना भाइरसको कारणले गर्दा विश्वनै आक्रान्त रहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन । नेपालमा विद्यालयहरुमानै क्वारेन्टाइन रहेको अबस्था छ। सरकारको निर्देशन अनुसार विद्यालय सम्बन्धि विभिन्न कार्यहरु समपन्न गर्नु पर्ने भएकोले विद्यालयको कार्यमा संलग्न कर्मचारीहरु पनि उच्च जोखिममा रहेको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले बताए ।नेपाल शिक्षक महासंघ सप्तरीको सचिवालयले एक प्रेस विज्ञप्ती जारि गर्दै विद्यालयको प्रशासनिक तथा अन्य कार्यमा कार्यरत प्र. अ. लगायतका शिक्षक / कर्मचारी हरुका पि. सि. आर. परिक्षण को लागी सम्बन्धित निकाय जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी लाई अनुरोध गरेको छ ।