शिव कुमार शाह
धनुषा। असाेज २४।
नेकपा एमाले मधेश प्रदेश अध्यक्षमा सिरहाकाे चन्देश्वर मण्डललाई सर्वसम्मतिबाट चयन गराउने प्रयास सुरु भएको छ ।
मण्डल नेकपा एमाले सिरहाका अध्यक्ष हुन् । उहाँ लामो समय सम्म एमालेमा लागेको छ । उहाँलाई अध्यक्ष बनाउन नेकपा एमाले प्रदेश सह–इन्चार्ज लीलानाथ श्रेष्ठ लविङ गरिरहेकाे छ।
आज बुधबार एमाले प्रदेश अधिवेशनको उद्घाटन सत्र विधिवत् रुपमा सम्पन्न भएको छ । केहिबेरमा बन्दसत्र सुरु हुँदैछ । नेताहरु भने प्रदेश अध्यक्ष कसलाई बनाउने विषयमा छलफलमा व्यापक जुटेका देखिन्छ ।
एमाले मधेश प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी देखिन्थ्यो । तर नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि निर्भर रहेको तर संकेत नपाएपछि धेरै आकांक्षी पछि हट्ने देखिएका छन् ।धनुषाकै तीन जना लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव र सिरहाका चन्देश्वर मण्डल प्रदेश अध्यक्षका लागि दावी नछाड्ने देखिएका नेकपा एमालेका एक नेताले जनाउनु भयो । उहाँकाे अनुसार प्रदेशमा मुख्यतः पार्टीभित्र दुई नेता रघुविर महासेठ र रामसरोज यादव समूह खडा गरेका छन् । शिवशंकर महासेठ समूहका अध्यक्ष दावेदार हुन् । लक्ष्मीनारायण सरोज समूहका छन् ।चन्देश्व मण्डललाई अगाडी सारेका लीलानाथ र सरोज एउटै समूहमा रहेका जनाउनु भयो । उहाँले भन्नुभयाे राजकिशोर पार्टीका धनुषा अध्यक्ष छ ।
अब प्रदेश अध्यक्षका लागि चन्देश्वर मण्डल शिवशंकर लक्ष्मीनारायणबीच मात्र प्रतिस्पर्धा हुने देखिन्छ । तर सरोज यादव चन्देश्वरलाई पनि स्वीकार्ने उनी निकट एक नेताले बताए ।
लीलानाथ श्रेष्ठले सारेका चन्देश्वरलाई सरोजले स्वीकार गरेपछि उनी नै प्रदेश अध्यक्ष बन्ने सम्भावना बलियो देखिएको छ । यदि चन्देश्वरलाई महासेठले नस्वीकारे चुनाव हुने देखिन्छ । चुनाव भएमा चन्देश्वर बाजी मार्ने परिस्थिति अहिले एकदमै देखिएको छ किनकि सिरहा जिल्लामा नेकपा एमाले अतिनै बलियो देखिन्छ ।