शिव कुमार शाह
असाेज २३, सिरहा ।
लक्ष्मीपुर पतारी/ नेकपा एमाले सखुवानान्कारकट्टी गापा ईन्चार्ज तथा सिरहा जिल्ला सचिवालय सदस्य दिपेन्द्र प्रसाद चाैधरी भन्नु हुन्छ यहि असाेज २४/२५ गते हुन गईरहेकाे मधेश प्रदेशको अधिवेशनबाट अध्यक्षमा मधेशी समुदायबाट हुनुपर्ने अवधारणा व्यक्त गर्नु भएको छ ।
जनताका लाेकप्रिय हाम्रो गौरबशाली पार्टि नेकपा ( एमाले )को प्रथम एतिहाँसिक मधेश प्रदेश अधिबेसन यहि मिति २०८०/०६/२४-२५ गते प्रदेश राजधानी जनकपुरमा हुनगईरहेको छ।अधिबेसनले प्रदेशमा नायाँ नेतृत्व चयन हुने पक्का छ। नेतृत्व चयनको सबालमा एमाले बृतमा र आम जनसमुदायमा चासो बढदैगर्दा म प्रतिनिधि भएको हुनाले मेरो चासो बढनु स्वभाबिक पनि हो । यस सम्बन्धमा मेरो धारणा के छ भने – मधेश प्रदेशमा सहमतिमा नेतृत्व चयन हुनुपर्छ ।सबै प्रदेशहरुमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन भईरहेको बेला यस प्रदेशमा सहमतिमा नेतृत्व चयन भयो भने एउटा नायाँ संदेश जान्छ र मधेश प्रदेशले एउटा पृथक पहिचान बनाउन सक्छ।अर्को कुरा के छ भने यो प्रदेश ( मधेश प्रदेश )नामैले काफी छ ।त्यसैले यो प्रदेशको मुल नेतृत्व पनि योग्य , क्षमतावान, कुसल व्यक्तित्व खोजेर मधेशी समुदायबाट हुनुपर्दछ। अन्तमा यो मधेश प्रदेशभरीमा मात्र होईन देशभरीमा नै स्थानिय र संघिय निर्वाचनमा सिरहा जिल्लाले लाल किल्ला निर्माण गर्न सफल भएको हुनाले मुल नेतृत्बको पहिलो हकदार सिरहा जिल्ला हो । सिरहा जिल्लाले मुल नेतृत्वको लागि आफ्नो अडान राख्नुपर्छ।सिरहा जिल्लाले नेतृत्व पाएमा अगामी स्थानिय र संघीय निर्वाचनमा मधेश प्रदेशलाई नै लाल किल्लामा परिनत गराउन सकिन्छ ।।अन्तमा मधेश प्रदेशको प्रथम एतिहाँसिक अधिबेशन हरेक हिसाबले सफलहोस् , बैचारिक , सांगठनिक , ब्यबहारीक , ब्यक्तिक समेतको हिसाबले सहि र सक्षम नेतृत्व चयन गरोस ताकी मधेस प्रदेशमा नेकपा एमाले मय बनाउन सफल भुमिका खेल्न सकोस भन्ने शुभकामना व्यक्त गरेको छ ।