सिरहा /भदौ १९।
सिरहाको गापा लक्ष्मीपुरपतारी वडा नं २ पाेखर भिण्डा पर्सामा रहेको श्री जनता डाेमी चाैधरी माध्यमिक विद्यालय प्राविधिकका प्रधानाध्यापक पशुपति साहले नक्कली बिल भरपाई पेश गरी करोडौ रकम भ्रष्टाचार गरेको सार्वजनिक भएपनि गापाले हालसम्म प्र.अ लाई कुनै किसिमकाे कार्वाही नगरेपछि स्थानीय अभिभावक, बुद्धिजीवी विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा दाता ईन्दु नारायण चाैधरीकाे समेत उपस्थितिमा विद्यालयमा पठनपाठन अवरुद्ध नहुनेगरि प्रशासन शाखामा आज मंगलबार तालाबन्दी गरेका छन् ।
साहले रकम हिनामिना गरेको हर हिसाव तथा छानविन समितिले गाउँलेहरुलाई भेलागरी गापा अध्यक्ष चतुरानन्द ठाकुरकाे अध्यक्षत्तामा प्रतिवेदन सार्वजानिक गरेकाे थियो ।
भ्रष्टाचार गरेको रकम तत्काल विद्यालयको खातामा दाखिला गर्न आग्रह गर्दै भ्रष्टाचार गरेको रकम जम्मा गरेन भने आफुहरुलाई अख्तियार अनुसन्धानको कार्यालय वर्दीवासमा उजुरी दिन नपरोस् भन्दै हिसाव छानविन समितिका संयोजक ईन्दु नरायाण चौधरीले चेतावनी पटकपटक दिएपनि प्र. अ साहले झन् गापाले कुनैपनि शुल्क उठाउन बन्देज गरेपनि स्तरबृद्धि र प्रायटिकलकाे नाममा १०५०० देखि १५००० हजार सम्म वर्षै देखि हालसम्म शुल्क उठाईरहेकाे छ ।
प्रधानाध्यापक साहले लक्ष्मीपुर पतारी गाउँपालिका , संघिय बजेट र आन्तरिक आम्दानीको रकमले सामग्री खरिद , भवन निर्माण, पत्र पत्रिकाको विज्ञापन शुल्क लगायतका विभिन्न शिर्षकहरूमा १ करोड ४ लाख ८८ हजार ५ सय ४३ रुपैया २० पैसाको रकम भ्रष्टाचार गरेको आरोप सार्वजनिक गरेको महिनाैं वितिसकेपनि हालसम्म सराेकारवला निकायहरु माैन रहेको प्रति कारण के हाेला ? भन्ने हामीलाई आश्चर्य लागिरेका कुरा हरहिंसाब तथा छानबिन समितिको सदस्य चन्द्रशेखर यादवले जनाएकाे छ ।
स्थानीय अमिरी यादव,तारणि प्रसाद यादव,मनाेव कुमार साह भन्नुहुन्छ नक्कली बिल भरपाई बनाई सामान खरिद नगरी रकम भुप्तानी दिएको पाईएको छ । समान खरिद भएपछि दाखिला खाता परिणाम तथ्यांक राख्नु पर्ने थियो तर स्टोरमा समान पनि छैन् । न त दाखिला खातामा समेत दाखिला नै नगरी लाखौ लाख रुपैयाँ नगद तथा चेक मार्फत भुप्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । जवकी प्राविधिक सामग्रीहरु खरिद गर्दा बजारमा पाउने मुल्य भन्दा ४ /५गुणा महगो र गुणस्तरहीन समान काममै नलगने वर्षै पुरानो समान खरिदगरी रकम हिनाबिना गरेको समेत उनीमाथि आरोप रहेको छ । सार्वजानिक भेलामै लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले विद्यालयमा धेरै नै भ्रष्टाचार भएको छ । हामी यस्ता भ्रष्टाचारीलाई कानुनी प्रक्रिया मार्फत कानुनी कार्वाही गरिने
बताउनुभयो । तर हालसम्म केहि कार्वाही न गरेपछि स्थानीयले तालबन्दि गरेका छन् ।
स्थानीय वासिन्दाहरु भन्नुहुन्छ बारम्बार विद्यालयका प्रधानाध्यापक साहलाई हिसाब सार्वजानिक गर्न भन्दै थिए । तर हिसाव सार्वजानिक नगरेपछि हामी पुरै समाज भेलागरी ईन्दु नरायाण चौधरीको संयोजनमा हिसाव छानविन समिति गठन गरेकाे थियोे । स्थानीयकाे सहयोग र समितिहरुको अथक प्रयासले प्रतिवेदन सार्वजानिक गर्न गाउँहरुलाई भेलागरी सार्वजानिक गरेको प्रतिवेदनमा प्रधानाध्यापक साह करोडौ रकम भ्रष्टाचार गरिएको गापा अध्यक्ष ठाकुरले समेत अभिव्यक्त दिनुभएकाे थियो तर केही कार्वाही नगरेपछि समाजले आज तालाबन्दी गरेका छन् । स्मरण रहाेस विद्यालकाे सभा कक्षामा गापा अध्यक्ष चतुरानन्द ठाकुरकाे अध्यक्षत्तामा श्रावण २७ गते हरहिंसाब सावर्जनिक गरेकोे थियो ।