लहान जेठ १३।
आफै धामि आफै झाँक्री भनेझैं गापा लक्ष्मीपुर पतारि वडा नं २ पाेखरभिण्डा पर्साकाे प्र.अ पशुपति साहले विधालयमा पढाउने ईन्जिनियरहरुसँग स्टिमेट गराउने र मुल्यांकन गर्न लगाएर लाखौंको रकम मनाेपाेलि तवरले सिध्याउन लागेकाे आराेप स्थानीय अमिरी यादब,ज्ञानेन्द्र राय र जिबछ साहले लगाएका छन् । उहाँहरु भन्नुहुन्छ जुन ईन्जिनियर स्कुलमा पढाउने गर्छ, तलब खान्छ साेहि शिक्षक प्रअकाे ईसारामा मुल्यांकन गरेपछि काम कहिल्यै गुणस्तर हुँदैन । के हाेस्पिटलमा काम गर्ने डाक्टरले हाेस्पिटल भित्र किल्निक खाेलेपछि प्यासेन्टकाे उपचार कस्तो हुन्छ ? मुल्यांकन गर्ने शिक्षक मनाेज साह भन्नुहुन्छ हामीले प्रअ साहकाे माैखिक आदेशमा मुल्यांकन गरेका छाैँ । यस सम्बन्धि उपमेयर अमरकला यादब,शिक्षा शाखा संयाेजक राम बालक पासवान भन्नुहुन्छ प्रअले गापालाई नसोधी पहिला देखिनै यस्ता कतिकाम गराएर आफ्नै तरिकाले मुल्यांकन गराउछ र भुप्तानि दिन्छ । स्मरणीय रहाेस विधालयमा करिब ७ महिनादेखि विधालय व्यवस्थापन समिति छैन । अभिभावक कृष्ण चाैधरी भन्नुहुन्छ मेरो दुईवटा विधार्थि प्राविधिक धारमा पढ्छन् जसवापत मैले करिब १ लाख बिधालयलाई बुझाएको छु ।यतिसम्म कि एउटा कागज प्रमाणित गर्न प्रअले ५० रुपैयापनि लिन छाेडेन के काे मावि तहमा निशुल्क शिक्षा ? हाम्रो समाजकाे अहम याेगदानले, दाताकाे सहयाेगले आज याे विधालय अगाडि बढेको छ । अनि प्रअले किन मनपरि कानुन विपरित काम गर्दैछ ? अगामि भिडियो देखाउने छु करिब ५२ लाखकाे बिधालयमा ढलान गरेको फुटपाथ । यसकाेपनि स्टिमेट र मुल्यांकन शिक्षकबाट नै गराएको छ । गापा किन चुपचाप हेरेर बसेकाे छ ? भनी चर्चा गापाकाे प्रत्येक सार्वजनिक स्थानमा भईरहेका छन् ।