शिव कुमार साह
बर्दिबास, बैशाख १७।
आज मधेश प्रज्ञा प्रतिष्ठान मधेश प्रदेश,जनकपुर धाम,धनुषाद्वारा प्रदेश स्तरीय अन्तरसम्वाद कार्यक्रम बर्दिबास स्थित हाेटल पञ्चधुरामा भव्य रुपमा मनाएकाे छ ।
कार्यक्रमकाे प्रमुख अतिथि मधेश प्रदेशको अर्थमन्त्री संजय यादबले पनसमा दिप प्रज्वलित गरेर कार्यक्रकाे उद्घाटन गर्नु भएको थियोे ।
प्रतिष्ठानकाे अध्यक्ष राम भराेस कापडि भ्रमरकाे अध्यक्षत्तामा आयाेजित अन्तरसम्वाद कार्यक्रममा मधेश प्रदेशका आठौं जिल्लाका साहित्यकार,कवि,भाषा विज्ञ,नाटककार,चित्रकार,गितकार,कला संस्कृति लगायतका विज्ञहरुका उल्लेखनीय सहभागीता रहेका थिए । जसमा स्वागत मन्तव्य प्रतिष्ठानकाे सदस्य दिनेश कुमार यादवले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियोे । साथै वहाँले यस प्रदेशका सम्पूर्ण विद्वानहरुलाई निरन्तर समेटिदै वहाँ हरुकाे प्रतिभामा निखार ल्याउन रतिभर पछि नहट्ने जनाउनु भयो ।
अध्यक्ष कापडिले सबै प्रदेशहरु भन्दा यस प्रदेश प्रतिष्ठानकाे कार्य उदाहरणीय हुनेछ सबै विषयका विज्ञहरुका हाैसला बुलन्द गर्न बिभिन्न कार्यक्रमहरुकाे आयाेजना गर्ने जनाउनु भयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका सहभागी हरुले आआफ्नो साहित्य,कला,चित्र,नाटक,गित,संगित,भाषामा माैलिकता झल्काउनेगरि प्रस्तुत गरेका थिए ।