शिव कुमार शाह
सिरहा , बैशाख ७।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर १ पिप्रा प्र.ध स्थित रहेको स्वास्थ चौकिमा बुधबारदेखि प्रयोगशाला सेवा संचालन भएको छ। मधेस प्रदेश सरकार एंव स्थानीय तहको सहकार्यमा प्रयोगशाला सेवा स्थापना भएको छ।
स्वास्थ लाई मध्य नजर गर्दै प्रदेश सरकार र स्थानीय सरकारले ग्रामीण क्षेत्रका मानिसहरुलाई गाउँमै स्वास्थ सेवा लिन र हरेक नागरिकको स्वास्थ सेवामा पहुँच होस् र उपचार पाउने उदेश्यले प्रयोगशाला सेवा संचालनमा ल्याएको छ।
पालिकाको स्वास्थ शखा प्रमुख अनिल कुमार साहको विशेष पहलमा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर र उपाध्यक्ष मिरा देवी यादव,प्रमुख प्रसाशकिय अधिकृत अशोक सिंह,निमित्त प्रमुख प्रसासकिय अधिकृत धनिकलाल यादव लेखा प्रमुख नरेश कामती,भुपु वाडा अध्यक्ष मनिक लाल यादव जनमत पार्टीका नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी हिरालाल यादव लगायतका उपस्थितिमा रिवन काटेर उद्घाटन गरेकाे थियो ।प्रयोगशाला उद्घाटन संगै सप्तऋषि अस्पताल र रोट्टी क्लब लहानको सहयोगमा एक दिने नि:शुलक स्वास्थ शिबिर सम्पन्न भएको स्वास्थ चौकीमा कार्यरत हरि नारायण चाैधरीले जनाएकाे छ ।शिबिरमा करिब २०० जना स्थानीयले स्वास्थ जाँच गराएका थिए।महिला रोग विशेषज्ञ डा.कुसुम यादव लगायतका स्वास्थकर्मीहरुद्वारा स्वास्थ परिक्षण गराएका हुन।
रोट्टी कलबका अध्यक्ष प्रदीप गुप्ता अध्यक्ष सचीव गोपाल कुमार गुप्ता,सदस्य सुनिल चौधरी लगायतका ब्यक्तीहरुको प्रत्यक्ष रोहबरमा शिबिर सम्पन्न भएको थियोे ।
प्रमुख अतिथि पालिका अध्यक्ष ठाकुरले आफ्नै पालिकामा यस्तो विशेषज्ञहरुद्वारा प्रयोगशालामा विभिन्न रोगका बिरामीहरुले स्वास्थ परिक्षण गर्न पाएकाेमा आफू खुशी रहेको भन्दै यसलाई कमतीमा १५ शैयाकाे हाेस्पिटल बनाउन पहल गर्ने र दरबन्दी अनुसारको डाक्टर ल्याउने प्रयास जारी रहेको बताए।पुर्व वाडा अध्यक्ष मनिक लाल यादवका अनुसार विभिन्न रोगको उपचार आफनै गाउँमा संचालन हुँदा गाउँबासी नै खुशी रहेको बताए।
जनमत पार्टीका गाउँ पालिका प्रत्यासी अध्यक्ष हिरालाल यादवका अनुसार स्वास्थ चौकीमा दरबन्दी अनुसारको स्वास्थ कर्मीको सेवा हुनुपर्ने प्रयोगशाला विशेषज्ञको दरबन्दी हुनुपर्ने लगायतका माँग राख्दै गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराएकाे थियाे ।