शिव कुमार शाह
सिराहा, ३० फाल्गुन।
सिराहामा अवैधरुपमा उत्खनन् गरिरहेका तीन वटा स्काभेटर जिल्ला समन्वय समिति सिराहाले नियन्त्रणमा लिएका छन् । समन्वय समितिका प्रमुख दिनेश कुमार महतोकाे नेतृत्वमा गएको टोलीले गोलबजार नगरपालिका ९ डण्डाटोल र नरहा गाउँपालिका ३ नयाँ चोहर्वाबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको छ ।
जिल्लाबाट टोली आएको भन्ने जानकारी पाएपछि उक्त उत्खनन् क्षेत्रबाट टिप्परहरु तिव्र गतिमा भगाएको थियो । जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोले नियन्त्रणमा लिएको स्काभेटरहरुलाई कानून बमोजिम कारबाही गरिने बताएकाे छ । उहाँले प्रकृया पूरा गरेरमात्र उत्खनन् गर्नुपर्ने जनाएको छ। प्रकृया पूरा नभएका लाई त्यसैअनुसार जरिवाना र कारबाही गरिने उहाँले जनाउनु भयो ।
अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार लामा, समन्वय अधिकारी दोपती कुमारी यादव, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीय पत्रकारहरुका सहभागिता रहेका थिए । खानी दर्ता, सञ्चालन तथा नियमन गर्ने प्रमुख जिम्मा स्थानीय तहको भएपनि स्थानीय तह भने मौन रहेको गुनासो स्थानीयहरुले गरेका छन् ।