शिव कुमार शाह, लहान ,फाल्गुन १७।
देशभरिका व्यापारीहरुका छाता संगठनकाे रुपमा गठन गरिएकाे नेपाल उधाेग तथा व्यवसाय महासंघ लहानले आफ्नो छाेटाे समयमा जनहितकारी काम गर्दै आएका छन् । संघले आज लहान ७ स्थित दुर्गा मन्दिर नजिकै रक्तदान जिवन दान भन्ने नाराका साथ नगर अध्यक्ष उज्वल साहकाे अध्यक्षत्तामा करिव १४ जना व्यापारी,बुद्धिजीवी,समाजसेवी लगायत नागरिक समाजले नेपाल रेडक्रस साेसाईटी,रक्त संचार सेवा केन्द्र लहानलाई रक्तदान गरेकाेकुरा संघका जिल्ला समिति उपाअध्यक्ष विन्देश्वर महताेले जनाएको छ ।
संघका जिल्ला अध्यक्ष पशुपति साह भन्नु हुन्छ हामीले व्यापारीका हितमा काम गर्न रतिभर पछिनहट्ने वर्तमान अवस्थामा बैंकका चर्को व्याज र बजारमा आर्थिक मन्दी रहेकाेले हामी सबै व्यापारीहरु मारमा परेका छाैं । तर सरकारले व्यापारीहरुका हकहितमा कुनै किसिमको कदम चालिएको छैन अझै ढिलो गरे हामीले व्यापारीहरुका हकहितकालागि यस जिल्लामा सशक्तरुपमा क्रमबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने जनाउनु भयो ।