शिव कुमार शाह । लहान २७ भदौ । लहान नगर पालिका वाडा नं ७ र पराेपकार यूवा क्लबकाे संयुक्त आयाेजनामा भदौ १७ गते देखि लहानमा पहिलो “फुड बैंक संचालन गरेर राम मन्दिर नजिकै आज सम्म ४ हजार ७ शय पचास जनालाई भाेजन खुवाएर सेवा गरेकाले वडा नं ७ मा रहेको परोपकार युवा क्लब , वडा अध्यक्ष रकेश राेसन गुप्ता र सहयोग गर्ने सबैलाई स्थानीय वासिले धन्यवाद दिएका छन् । कार्यक्रमकाे उद्धघाटन प्रमुख अतिथि लाहान नपाकाे मेयर मुनि साहले गरेकाे दिन देखि निरन्तर दिनहु निर्धारित समयमा भाेजन दिनेगरेका छन् ।
हाल सम्म बढदै गएकाे कोभीड १९ माहामारीलाई ध्यानमा राख्दै जारी गरिएको बन्दाबन्दीले दैनिक ज्यालादारी गरिवहरुलाई हात मुख जाेडन समस्या परेको कारण उक्त कार्यक्रम लाई समय राम्रो नहुनजेल सम्मकाे लागि पुरानै नियमा अनुसार निरन्तर चल्ने कुरा लनपा ७ काे वडा अध्यक्ष राकेश राेशन गुप्ताले जनाउनु भयाे ।
गुप्ताको अनुसार प्रती दिन दुई शय जनालाई खाना वितरण बिहान १०:०० बजे देखि १२:०० बजे र बेलुकी ६:०० बजे देखि ७:३० बजे सम्म निरन्तर खुवाउने छ। सके दियेर जाऔं, नसके लिएर जाऔं भन्ने मुल नाराका साथ आत्मसात गर्दै उक्त कार्यक्रम शुरु गरिएको कुरा वडा अध्यक्ष गुप्ताले जनाउनु भएको छ । वहाँले आज शनिबारको विहान र बेलुकाकाे भाेजन लहान ७ निवासी जसपाकाे केन्द्रीय सदस्य राकेश झाले आफ्नाे स्वर्गीय पिता राघवेन्द्र झाकाे पुण्य तिथिमा ब्यवस्था गरेकले वहाँलाई र परोपकार युवा क्लव, अम्बिका अफसेट प्रेस लहान र स्माईली रेष्टुरेन्ट एण्ड बार लहानलाई गुप्ताले धन्यवाद ज्ञापन गरेका छन् साथै पराेपकारि मनहरु यसकार्यमा सहयोग गरि पुन्यकाे भागि बन्न सबैमा अनुराेध गर्नुभएकाे छ ।