शिव कुमार साह
लहान ८, वैशाख । स्थानीय तहको निर्वाचन नजिकिए संगै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन अधिकृत देविप्रसाद सुवेदीले आज औपचारिक रुपमा कार्यालयको समुदघाटन गरेको हो । ९ जना जनशक्ति रहने गरि स्थापना गरिएको कार्यालयमा साहयक निर्वाचन अधिकृत , साहयक कर्मचारी , लेखापाल , कम्प्युटर अपरेटर, सवारी चालक , कार्यालय सहयोगी लगायतका कर्मचारी रहने उहाँले बताए ।
प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९ /१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ । कार्यालय स्थापना भएपछि उम्मेदवारहरुले स्थानीय पालिकामै मनोनयन दर्ता गर्न सक्नेछ । पालिकामा निष्पक्ष रुपमा निर्वाचन सु- सम्पन्न गर्न निर्वाचनको सम्पुर्ण कामकाज उक्त कार्यालयले नै गर्ने अधिकृत सुवेदीले बताए ।