कंचन साह ,
लहान चैत्र १५ ।
लहान नगरपालिका वाडा नम्बर ८ काे वाडा अध्यक्षकाे लागी सम्भाबित उमेदवार स्थानीय समाजसेवी हरि नारायण महतोले आफू अध्यक्षका लागी उपयुक्त र सक्षम छु भन्दै नेपाल कम्युनिस्ट पार्टी एमालेबाट आउने स्थानीय तहको निर्वाचनमा आफू वडा अध्यक्षकाेलागी चुनावमा भाग लिने इच्छा जन चाहना अनुसार व्यक्त गरेका छन्।
यस वाडाकाे लागी आफू चुनावमा निर्वाचित हुने धारणा सार्वजनिक गर्नु भयो ।
बिगत लामो समस्य देखि कम्युनिस्ट आन्दोलनमा होमिएका नेता हरि नारायण महतोले आउने चुनावमा भाग लिने निर्णय गरेका हुन्। नेता महताेलाई समाजका ब्यक्तीहरुले बिश्वाससिलो ब्यक्तीको रूपमा चिनिएका हुन। वहाँले वडाको चाैतर्फि विकासको लागि दर्जनौं आधुनिक याेजनाहरु घाेषना पत्रमा समावेश गर्ने जनाउनु भयो ।
स्थानीय रमेश महताे भन्नू हुन्छ हरि नारायण महताे असल नेता हाे । वहाँ वडावासिकाे समस्यालाई आफ्नो समस्या समझेर निरन्तर काम गरिरहेकाे छ । २०५४ साल देखी पार्टीको विभिन्न जिम्मेवारी सम्हाले र सकृयरुपमा सफल नेताकाेरुपमा काम गरीरहेकोे जनाउनु भयाे ।