शिव कुमार शाह
लहान भदौ २७ । लक्ष्मीपुर पतारी गापाकाे चाैथाे गाउँ सभावाट सर्वसम्मतरुपमा शुक्रबार अार्थिक वर्ष २०७७/०७८ वजेट गापाकाे नव निर्मित सभाहलवाट ४९ कराेड ९२ लाख १५ हजार बरावरकाे अनुमान गरेकाे छ ।
गाउँ सभाकाे अध्यक्षत्ता गापा अध्यक्ष रामवलव साहले पानसमा वति वालेर कार्यक्रममा उदघाटन मन्तब्य राखेकाे थियोे । वहाँले यस वर्षकाे वजेट पक्की सडक निर्माण ,शिक्षा र स्वास्थमा बढी केन्द्रीत रहेकाेले समयमै निर्माण गरि समृद्ध गापाकाे संकलपलाई पूरा गर्न सबै पक्षलाई सहयाेग गर्न अाग्रह गर्नु भयो ।
गाउँपालिका प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले यस गापालाई नमुना गापा बनाउन गापाकाे सार्वाङ्गिण विकासमा कुनै कसर न राखने सबै पक्ष सँग मिलेर काम गर्ने जनाउनु भयाे । यस्तै गापाकाे पुर्व प्रशासकीय अधिकृत धनिक लाल यादव,लेखा अधिकृत नरेस कामैतले अाफुहरु यहि गापाकाे भएकाेले यस गापाकाे विकासकाे लागि जुनसुकै याेगदान दिन तयार रहेको र यसमा सबै पक्षकाे साथ रहने अाशा ब्यक्त गर्नु भयाे ।
कार्यक्रममा छ अाेटै वाडाका वाडा अध्यक्षहरुले यस पालिकाे वजेटले अाफुहरु खुशि रहेकाे जनाउनु भयाे अब फुटेर हाेईन विकासको नाममा एकजुट भएर अगाडि वढी काम गर्छु र जनता सँग गरेकाे प्रतिबद्धता पूरा गर्न पछि न पर्ने जनाउनु भयाे ।