शिव कुमार साह
लहान चैत्र ९ ।
सिरहाको साविक भु.पु गा.वि.स.अध्यक्ष ,नेकपा एमाले सिरहा जिल्ला कमिटी सदस्य तथा लक्ष्मीपुर पतारी गापा इन्चार्ज जनप्रिय नेता देव नारायण साहवारे चुनाब लक्षित भ्रम फैलाउने काम शुरु भएको छ।देव नारायण साहको नाम सुन्दै चुनाब हार्ने डर भएका अगामी बैशाखमा हुने भनिएको स्थानिय चुनावका गापा अध्यक्षका प्रत्यासी उम्मेदवारहरुले,नेता साह बिरामी परेको अनाहक प्रचार प्रसार गरिएको प्रति प्रदेश कमिटी सद्स्यहरु तारणी प्रसाद यादव,अशोक मण्डल ,राम बिलास साह लगायत दर्जनौ नेताहरुले आक्रोश व्यक्त गर्दै ,तागत छ भन्ने भ्रमको खेती नगरेर सिधा सिधा बैशाख ३० को चुनाबी मैदानमा आमुने सामुने हुन चुनौती दिएका छन्।
सिरहाको लक्ष्मीपुर पतारी गापाको गापा स्तरीय नेकपा एमालेको भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ति समाजको अधिवेशन कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै बैशाख ३० मा हुने भनिएको स्थानिय तहका चुनाबका उक्त गापाका अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार रहेका सज्जन नेता देव नारायण साहले भने,”अघिल्लो चुनाबमा पनि मैले चुनाव जितेपछि गाउँपालिकाको कार्यालय नै पतारीबाट सारेर सीतापुर लैजाने रे भने कपोल्कल्पित तथा मनगढन्ते भ्रम फैलाएर पालिकाका वडा नं १ रामपुर पिप्रा,वडा नं २ पर्सा पोखरभिण्डा,वडा नं ३ महेशपुर पतारी र वडा नं ४ का दुई वटा टोल ब्रहमपुरी र हरि नगरमा सुनियोजित ढंगले झुठा भ्रम फैलाएर षड्यन्त्रकारीहरुले सोझासाझा जनतालाई ठगेर मतसिकार गर्न सफल भएकै हो,त्यही जुक्ति कपि गरेर यसपालि पनि भ्रमको बहानामा अहिलेदेखि नै प्रचार प्रसार शुरु भएको छ,तर यसपाली ती जालीहरुलाई जनताले अहिले नै चिनिसके,ठगहरुको खिचडी यसपालि पाक्दैन।त्यस्ता जालीहरुलाई बैशाख ३०को चुनाबमा लक्ष्मीपुर पतारीका जनताले धुल चटाउनेछन् । मेरो मुटुमा रक्तसंचारमा रहेको अवरुद्धलाई सफल शल्यक्रियाका साथ सुचारु गरिएको छ।म अहिले स्वस्थ छु।चुनाबी मैदानका जान बाँकी नै छ,साथीहरु डराईसके । म त भन्छु,झुठो नबोल्नुस,पैसा नबाडनुस,ईमान्दारीकासाथ अनुशाशित भएर चुनाबी गेम खेल्नुस ,हार र जित दुबैमा उतिकै मजा आउनेछ”।वहाँले थप्नुभयो,”गरिब र दलितलाई पैसा बाँडेर चुनाव जिच्ने दाउमा रहनेहरुलाई पनि दलितले यसपालि सबक सिकाउँछ,सिकाउँछ।
प्रदेश कमिटी सदस्य अशोक मण्डल को अध्यक्षतामा सम्पन्न अधिवेशनको मुख्य अतिथिमा रा.मा.प.प. सदस्य राम शंकर यादव हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा नेकप एमाले जिल्ला कमिटी सचिब उग्र नारायण यादव,राम बिलास साह,गिता देवी चौधरी,तारणी यादब,मु.स.जि.ई. राम परिक्षण सदाय,वडाध्यक्ष राजेश्वर साह सुडी लगायत विभिन्न संगठनका दर्जनौ पदाधिकारीहरु हुनुहुन्थ्यो।
अधिवेशनबाट देबचन्द्र रामको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ।।लपगापा का नेकपा एमाले अध्यक्ष ब्रहमदेव यादवले संचालन गरेको उक्त कार्यक्रममा वडा नं ६ का नेकपा एमाले अध्यक्ष कौशल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।