शिव कुमार साह
सिरहा चैत्र ०१ । सिरहा प्रशासन ले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ३र ४गते मनाइने होली पर्वका अवसरमा जिल्ला बासीलाई शुभकामना दिँदै धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार जारी गरेको सूचना मा जथाभावी रंग लगाउने , दल्ने, लोला हान्ने , बाटो ढुकेर वटुवालाइ रङ्ग लगाउने , बाटो अबरोध गरेर वटुवा र सवारी साधन संग रकम असुल गर्ने , हिलो छाप्ने , नमेटिने पक्का रङग लगाउने , गोबर माटो लगाउने , मदाक पधार्थ र नसालु पदार्थ खाने खुवाउने एबम मापसे सेवन गरि सवारी सादन चलाउने , अरु लाई जिस्काउने , सार्वजनिक स्थानमा जमघट भइ होल्ला गर्ने , चर्को अबाजमा डिजे वाजा बजाउने , र कसै को इच्छा विपरित तथा कुनै पनि व्यक्तिको निजी जिवनमा असर पर्ने खालका कुनै पनि अबन्चित र उच्छृङ्खल क्रियाकलाप हरु प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहा ले कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने सूचनामा उल्लेख गरेकाे छ ।