लहान फाल्नु २९ पतंजली याेगपिठ आर्यूबैद आश्रम लहानद्वारा फाल्गुन २१ गतेदेखि राेग अनुसार याेग भनी नाराकाेसाथ सुगरकाे विरामीहरूलाई लक्षितगरि संचालन गरेकाे निशुल्क याेग शिविर आज भव्यताकाेसाथ सम्पन्न भएको छ । कार्यक्रमकाे प्रमुख अतिथि मधेस प्रदेश सिरहा क्षेत्र नं १ ख माननिय लगनलाल चाैधरी रहेकाे थियोे भन्ने अतिथिमा पंतजली याेगपिठ मधेस प्रदेशकाे प्रभारी हरिहर चाैधरी याेग शिक्षक तथा बैध बद्री राज भण्डारी, अतिथिमा फूलबारी लाईन्स कल्व लहानकाे उपाध्यक्ष शंकर प्रसाद गुप्ता लगायतकाे दर्जनौं अतिथिहरुकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रमकाे अध्यक्षत्ता पतंजलि याेगपिठ आर्यूवेद आश्रम सिरहा लहानकाे अध्यक्ष डा विपी चाैधरी रहेकाे थियो ।
चाैधरीले प्रमुख अतिथि माननिय लगनलाल चाैधरी,अतिथि हरिहर चाैधरी,याेग शिक्षक मिस्टर चाैधरी र भण्डारीलाई दाेसालाले सम्मान गरेकाे छ । जिल्ला प्रभारी चाधरीले करिब सयौंको संख्यामा उपस्थितरहेकाे याेगीहरु अगाडि शिविरलाई सम्बाेधन गर्दै याे याेग विहान ५.३० देखि ७.३० सम्म निरन्तर संचालनरहने र प्रत्येक शनिबार कर्मचारी,विधार्थिहरुमा केन्द्रित रहेर विशेष कार्यक्रम गर्ने जनाउनु भयाे ।