प्रेस चौतारी नेपालको मधेस प्रदेश अधिबेशन आज रौतहटको चन्द्र पुरमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशन ले फनि महत को अध्यक्ष मा चयन गर्दै 27 सदस्य मधेश प्रदेश समिति सर्वसहमतिले चयन गरेको छ। अधिबेशनले जिबछ यादव नेतृत्वमा गत फाल्गुण 18 गते स्व घोसित प्रेस चौतारी नेपाल सिरहाको जिल्ला समिति अबैधानिक रहेको पनि ठहर गरेको छ । चौतारीका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज लालबाबु शेख ले सिरहाको प्रेस चौतारी रामभरोशी महतोको नेतृत्व मा रहेको पुरानो समिति नै अर्को अधिबेशन नहुन्जेलसम्म आधिकारिक रहेको घोषणा गर्नु भयो । साथै अधिबेशनले प्रेस चौतारी नेपाल मधेश प्रदेशको लागि सल्लाहकार समेत चयन गरेको छ । सिरहाका बरिस्ठ पत्रकार अर्जुन थपलिया, रेडियो कर्मी जिबछ चौधरी लगायतलाई सल्लाहकारमा चयन गरेको हो ।