शिव कुमार साह ,लहान असाेज १५ आज लहान नगरपालिकाले पत्रकार सम्मेलन गरि नयाँबजार निर्माण सम्बन्धमा प्रेस विज्ञप्ति जारि गरेक छ ।
केही राजनीतिक दलहरूको इसारामा सत्ताको दवाव र प्रभावमा परी इलाका प्रहरी कार्यालय लहानले हाल लहान ५ काे ब्यापारी संजय साह, इसराइल सिद्धिकी, लक्ष्मी पासमान, सन्तोष पण्डित, राजा मेस्तर, दोष मोहम्मदलाई पक्राउ गरी झुठा मुद्दा लगाई भय त्रासको वातावरण सिर्जना गरी अस्थायी टहरा निर्माण समितिको अध्यक्ष समेतलाई पक्राउ गर्नुले नयाँ निर्माण हुन नदिन षड्यन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
लहान नगरपालिकाका प्रवक्ता राजकुमार साहको हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ यस्ता षड्यन्त्र नरचन र सहमतिअनुसार नयाँ बजार निर्माण कार्य अघि बढाउन सहज परिस्थिति निर्माण गर्न लाहान नगरपालिका जोडदार माग गर्दछ ।
मुद्दा चलाएर हाम्रो लहान समृद्ध लाहनको नारा कार्यान्वयनमा बाधा व्यवधान खडा गर्ने कार्य यथाशीघ्र बन्दगर्न, पक्राउ गरिएका व्यापारी र युवाहरुलाई रिहाइ गर्न, प्रहरी प्रशासनको निष्पक्ष र सहयोगी भूमिका देखाउन विज्ञप्तिमार्फत ध्यानकेन्द्रित गराइएको छ । https://youtu.be/h4XxqYFPS4g
त्यतै आजै नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटि लहान, सिरहाले आफ्ना निर्दोष युवा कार्यकर्ताहरुलाई लहान प्रहरीले आतंक मचाई बिना इजाजत घरभित्र पसि समात्दै झुठा मुद्दा गलाउने गरेको प्रति दुःख ब्वयक्त गर्दै प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त संषणर्को कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार सिरहाको लहानमा नेकपा (एमाले) प्रदेश २, क्षेत्र नम्बर १ का क्षेत्रीय इन्चार्ज विष्णुलाल साहले लहान नगरपालिकाको समग्र विकास अभियानमा आएको अवरोध सम्वन्धमा गरिएको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- उच्छृखल व्यक्तिहरुको नाममा गृह मन्त्रालयको इशारामा प्रहरी प्रशासनले राजनैतिक गरी नेकपा एमालेका निर्दोष युवा कार्यकर्ताहरुलाई प्रहरी अतंक मचाई समात्दै झुठा मुद्दा लगाउने कार्य गरिरहेको हुँदा सो कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यको घोर भत्र्सना गर्दै यस्तो गतिविधि नरोकिए, मुद्दा फिर्ता नलिए देश, जनता नियम कानुन र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले देशको जिम्मेवार पार्टी भएको नाताले शशक्त संघर्षको कार्यक्रम अघि बढाउन वाध्यहुने छ ।
पक्राउ गरेको व्यक्तिहरुलाई निशर्त रिहाइको माग गर्दै विकास निर्माणको काममा सहयोग र समर्थन गरी काम सुचारु गर्नका लागि सबै नगरवासी तथा व्यापारीहरुमा नेकपा एमाले हार्दिक अपिल गरेका छन् ।
सर्वपक्षिय सहमति अनुसार लहान स्थित नयाँ बजारको पुरानो जीणर् संरचना भत्काई नयाँ संरचना निर्माणका लागि गत मंगलवार नेपाल प्रहरी र शसस्त्र प्रहरी बल लहानका प्रमुख प्रहरीद्वय डिएसपी डा. तपन बहादुर दाहाल र सुशील कुमार श्रेष्ठ सहित प्रहरीको बाक्लो उपस्थितिमा पुराना जीर्ण संरचना भत्काउने काम शुरु गर्ने क्रममा विकास विरोधी व्यक्तिहरुले गालीगलौज, ढुंगामुडा प्रहार गर्दा झडप भई केही मानिसहरु घाइते भइरहदा शान्ति सुरक्षाको जिम्मा पाएका प्रहरी प्रशासन सुरक्षा प्रदान नगरी मुख दर्शक भई बस्नु मुख्य कारण रहेको विज्ञप्तीमा उल्लेख छ ।
केही दिन अगाडी लहानका प्रहरी प्रमुखको उपस्थितिमै लहान नगरको विकास विरोधी तत्वहरुको इशारामा लहान नगरपालिकाका नगर प्रहरी एवं सरसफार्यकमीहरु माथि ढुंगामुढा प्रहार र नगरपालिकाको गाडी तोडफोड गर्ने जस्ता कार्य हुँदा पनि प्रहरी प्रशासन मौन रहनु र दोसीहरु माथि आवश्यक कारवाहीको लागि माग गर्दा कारवाही नहुनु प्रहरीको नियत र असहयोग प्रष्टिएको क्षेत्रीय इन्चार्ज विष्णुलाल साहले बताउनु भयो । https://youtu.be/gnC7IzMCJu0 https://youtu.be/gnC7IzMCJu0