शिव कुमार साह,लहान भदौ २१। सिरहा जिल्लाकाे प्रमूख जिल्ला अधिकारी प्रदीपराज कणेलको महत्वपुर्ण निर्णयहरुले पाेखरभिण्डा पर्सा वासि खुशी भएका छन् ।
लक्ष्मीपुरपतारी गाउपालिका वडा नं २ को भदौ २० गते देखि नेपाली नागरिकता राहदानी सम्बन्धि सम्पुर्ण सेवा ईलाका प्रशासन कार्यालय लहानबाट दिने गरि निर्णय बमोजिम आईतवार ७ जनालाई ईलाका प्रमूख कृष्ण बहादुर खडकाले नेपाली नागरिकता प्रदान गर्नु भएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यलय सँग पहलगरि यस कार्यमा सहयोग गर्ने बाैधिक यूवा दिलिप यादव, समाजसेवी महेश्वर कामैत, पत्रकार शिव कुमार साह,समाजसेवी दिपेन्द्र यादव र वडा सचिव सुरेश साहले खादा ओढाई सम्मान गरेका थिए ।
कामैत भन्नू हुन्छ पहिले नागरिकता, बनाउन सिरहा जानु पर्थ्यो जसमा दुई तीन दिन समय लाग्ने र बस भाडा,चिया,नास्ता मिलाएर १२ सय देखि १५ सय सम्म खर्च हुन्थ्यो साथै अपांगहरुलाई आवत जावत गर्न कठिनाइ समेत हुन्थ्याे । यस कराेना माहामारिकाे वेलामा प्रमुख जिल्ला अधिकारीले यस्तो लाेक कल्याणकारी निर्णय गरेपछि वडा वासी खुशी भएका छाैं । उहाँहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।
यस्तै आईतवार नागरिकता पाएकी श्रिष्टी यादव भन्नू हन्छ यस कराेना महामारीमा नागरिकता बनाउन सिरहा जाँदा बसमा भिड र उता कार्यलयमा भिड भएकाले निकै कठिनाइ भाेग्नु परेकाे थियोे ।अब लहान आउन सजिलो र एकदिनमै नागरिकता बन्दाेरहेछ । यसकाेलागि सराेकारवला सबैलाई धन्यवाद व्यक्त गरेकाे थियोे ।