शिव कुमार साह,लहान भदौ २१ । सिरहाको लहान नगरपालिका वडा नं ३ मा रहेको लक्ष्मण ललिता कुशवाहा मा
माविमा आईतवार विधालय व्यवस्थापन समितिको अध्यक्ष राम नारायण महताेकाे अध्यक्षतामा काेराेना महामारीबाट बच्न छात्र छात्राहरु लगायत सम्पूर्ण शिक्षकहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
हालको अवस्थालाई ध्यानमा राखि शिक्षक शिक्षिका, छात्र छात्राहरूको स्वास्थमा कुनै असर नपर्न दिनकाेलागी विधालयकाे नाम लेखिएको झाेलामा मास्क,सेनिटाईजर र छात्राहरुका लागि सेनिटरि प्याड समेत राखेर वितरण गरेको हाे ।
अध्यक्ष महताे भन्नुहुन्छ हामीले दिनहुँ प्रत्येक विधार्थी शिक्षक, अभिभावकहरुलाई विधालयकाे प्राङ्गणमा प्रवेश हुँदा मास्क अनिवार्य चेकगरि गेटमै साबुनपानीले हात धोई सेनिटायजर मारेर मात्र पस्न दिएका हाैं ।
अभिभावक श्याम कुमार महताे भन्नू हुन्छ अध्यक्ष महताे आएदेखि विधालयकाे चाैतर्फि विकाश निरन्तर भईरहेकाे देखिन्छ । उहाँले विधालयकाे प्रत्येक गतिविधिहरु खुलारुपमा गर्नु हुन्छ । शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार ल्याउनुको साथै सबै कुरा टाईम टु टास्क गर्न एकपाईला पछि हट्नु हुन्न ।उहाँ मेहनति र अनुभवी अध्यक्ष हुनु हुन्छ । जसले गर्दा याे विधालय नमुना बन्नतिर उनमुख भईरहेकाे देखिन्छ ।