शिव कुमार शाह,लहान श्रावण ३२ सिरहाको लहान नगरपालिका वडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा साेमवार बृहत् जनसमुदायकाे उपस्थितिमा मूर्ति स्थापना,अनावरण र SEE काे २५ ब्याच निकाल्न सफल रहेकाे उपलक्ष्यमा भव्यताकाेसाथ कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताेकाे अध्यक्षत्तामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि दाता लक्ष्मण मेहता, ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानकाे पुर्व प्र.अ विश्ववनाथ महताे, फुलेश्वर महताे,लनपा वडा नं ३ काे वडा अध्यक्ष राम दयाल महताे लगायतका उपस्थिति रहेका थिए ।
कार्यक्रममा दाता लगायत विद्यालयलाई सहयोग गर्ने दर्जनौं सहयाेगि मनहरुलाई दाेसला ओढाएर सम्मान गरेका थिए ।
गणेश भगवान,हनुमानजी र महादेवकाे मुर्ति स्थापनामा सहयोग गर्नुहुने दाता लक्ष्मण मेहता, विश्वनाथ महताे, हिरालाल महताे लगायतलाई अध्यक्ष महताेले धन्यवाद दिदै उहाँहरुले विद्यालयकाे विकासमा गरेको याेगदानकाे वारेमा चर्चा गर्नु भएको थियो ।
मनतव्यकाे क्रममा फुलेश्वर महताेले याे विद्यालय एउटा एतिहाँसिक विद्यालय हाे यहाँ सदियाे देखि हिन्दु धर्मलम्विहरुले छठ पर्व र समाचकेवा धुम धाम सँग मनाउँदै आईरहेका छन् तर हिन्दुहरुका आस्थाको केन्द्र भगवान् गणेश,हनुमानजी र महादेवकाे मूर्ति एकैसाथ स्थापनाले स्थानीय नागरिक समाज खुशि भएका छन् । अध्यक्ष महताे न्यूक्त भएदेखि स्थानीय सरकार र समाजका अगुवाहरुसँग सहकार्य गरेर याे विद्यालय लाई दिन प्रतिदिन प्रगतिकाे पथमा लगिरहेकाे कुरा व्यक्त गर्नु भयाे ।
प्र.अ. शिव शंकर महताेले याे विद्यालय गुणस्तरीय शिक्षा दिन जहिले पनि रतिभर पछि नहटेकाे कारण प्रत्येक वर्ष SEE मा राम्रो परिणाम ल्याउन सफल भएकाे जनाउनु भयाे ।