शिव कुमार साह लहान श्रावण ३१ । सिरहाको भगवानपुर गाउँपालिकामा शनिवार छुट्टाछुट्टै दुई वटा भवनको एकैसाथ सिल्यानास गरिएको छ । प्रदेश नम्बर – २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र गाउँपालिका प्रमुख बेचन प्रसाद यादवले संयूक्त रुपमा भवनको शिलान्यास गरेका थिए । वडा नम्वर- १ मा गाउँपालिकाको सुविधा सम्पन्न कार्यालयकाे भवन शिलान्यास गरिएको छ भने प्रख्यात बालासुन्दरी भगवती मन्दिरको समेत एकैसाथ सिल्यानास गरिएको गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले जानकारी दिनुभयो । करिव३ करोड ४१ लाख ९० हजार २० रुपैयाको लागतमा मन्दिर निर्माण हुने भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनका लागि करिब ९ करोडको लागतमा चार तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने बताएको छ ।भवन निर्माणको काम गर्न रउतहा- अनसुमन जेभी काठमाडौलाई ठेक्का दिएको बुझिएको छ । वडा नम्बर – १ देखि ५ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य , विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकार लगायत सयौं जनाको उपस्थितिमा औपचारिक कार्यक्रमको आयोजना गरी भवनको सिल्यानास गरिएको थियो पालिकाको आफ्नो निजि भवन नहुँदा वडा नम्बर – १ को वडा कार्यालयमा जसाे तसाे कामकाज संचालन गर्दै आईरहेको कुरा वाडा अध्यक्ष बद्री नारायण यादवले जानकारी गराउनु भयाे । गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएपछी स्थानीयहरु प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवकाे विकास शिल काम काजले खुशी भएका छन् ।
प्रदेश नं २ काे अर्थ मन्त्री यादवले तोकेको समयभित्र मापदण्डको पालना गरी गुणस्तरीय भवन बनाउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिदै यस गापाकाे विकासमा आफुले सक्दाे सहयोग गर्ने जनाउनु भयाे ।