शिव कुमार साह
सिरहा लहान २६ श्रावण – सिरहाको लहानमा काेराेना महामारीको बेलामा हात मुख जाेड्ने समस्यामा परेकाहरुलाई नेपाल परिवारदलद्धारा आईतवार राहत वितरण गरेका छन्। नेपाल सरकारको पुर्व शांन्ति तथा पुनःनिर्माण मन्त्री एवं हाल नेपाल परिवारदलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा प्रदेश नम्बर २ का सम्पुर्ण जिल्लामाहरुमा अतिबिपन्न परिवारहरुलाई राहत सहयोग गरेका छन्।
नेपाल परिवारदलका केन्द्रिय सदस्य तथा मानव अधिकारकर्मि रिता महतोको नेतृत्वमा राहत राहत वितरण गरेको छ । प्रती परिवार २५किलो चामल,२ किलो दाल,२लिटर खाने तेल,१किलो चिनी,५ किलो पिठो,५०० ग्राम तरकारी सबजि मसला,२पिस नुहाउने साबुन प्रति ब्यक्ती लाई वितरण गरेको छ ।
दलले गोलबजार लगायत ३५ घर धुरीलाई राहत सहयोग गरेकाे नेपाल परिवार दलका पार्टी प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो। राहत वितरण कार्यक्रममा मुक्ति नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक श्याम कुमारी साह,उतिम लाल मेमोरियल अस्पतालका संचालक डाक्टर शुशिला सिंह महिला अधिकारकर्मि शांन्ति पासवान पार्टीका केन्द्रिय सदस्य संन्तोष साह समाज सेबि दिपेन्द्र कर्ण,ब्रहमदेब महतो इन्द्र्देब महतो, संचारकर्मिहरु लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रममा केन्द्रिय अध्यक्ष एकनाथ ढकालले नेपाल परिवारदल संबिधान निर्माण गरेको पार्टी हो। हाम्रो पार्टी देशको हरेक जनताकाे दु:ख कष्टमा भाग लिदै सहयोगी भावनाले अगाडि बडिरहेकाे छ ।याे पार्टी समताको पक्षधर पार्टी रहेको जनाउनु भयाे ।हाम्रो पार्टीले युनिभर्सल पिस फाउन्डेसन र अरु विभिन्न संस्थाहरुको सहयोगमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएका छन्। आफुले पिडितहरुका लागि सानो राहत दिएर सहयोग गर्न सिरहाको लहान आएको जनाउनु भयो । हामी नेपाली हाैं नेपाल एउटा सुन्दर घर हो हामी सबै नेपालीले एक अर्कालाई सहयोग गर्नु र लाेकहितकारि भावना अनुसार काम गर्ने दायित्व समझेर अगाडि बढ्नु पर्नेमा जाेड दिनु भयाे ।